×

फाईल फोटो

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निचुटा टोलस्थित गौरीशङ्कर मन्दिर नजिकको आँप बगैँचाबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

सोमबार साँझ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाबाट महदवपुरतर्फ जाँदै गरेका एक पैदल यात्रीलाई शङ्का लागि रोकी जाँच गर्दा लागूऔषध फेला पारेको हो ।

पक्राउ पर्ने युवक पटेर्वासुगौली–५ निचुटा टोल बस्ने २० वर्षीय छोरा धिरज माली रहेका छन् । प्रहरीका अनुसार उनलाई तलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लागूऔषधका चार प्याकेट र एक थान मोबाइल फोन बरामद गरिएको हो ।

पक्राउ परेका मालीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Back to top