×

वीरगञ्ज । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘वाई-फाई 6G’ घोषणा गरेको छ। कम्पनीले यसलाई नयाँ पुस्ताका उपभोक्ता र व्यवसायका लागि इन्टरनेट अनुभवमा नयाँ दिशा दिने प्रविधिको रूपमा प्रस्तुत गरेको छ।

वर्ल्डलिंकका अनुसार, यो ‘सिक्सजी’ प्रविधि हाल प्रचलनमा रहेको “वाई-फाई 5G” भन्दा ४ गुणा उच्च गति र ४० प्रतिशत बढी कभरेज प्रदान गर्नेछ। नयाँ प्रविधिले प्रयोगकर्तालाई भरपर्दो कनेक्शन, सहज पर्फमेन्स र विभिन्न डिभाइस तथा स्थानमा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

नयाँ प्रविधि सुरुवातको अवसरमा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “वाई-फाई सिक्स नेपालमा स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो। वर्ल्डलिंक नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध छ।”

कम्पनीले यस प्रविधि मार्फत नेपाली उपभोक्तालाई डिजिटल जीवन र व्यवसायमा द्रुत र भरपर्दो इन्टरनेट अनुभव प्रदान गर्ने योजना बनाएको छ।

Back to top