×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिकामा आज बिहान विभिन्न विकास निर्माण कार्यहरूको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव तथा गुनासो सुनेका थिए । स्थानीयले सडकको अवस्था, नाला तथा ढल व्यवस्थापन, सरसफाइलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

नगर प्रमुख सिंहले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम अघि बढाइने स्पष्ट पार्दै देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित शाखा तथा प्राविधिक टोलीलाई आवश्यक निर्देशन दिएका छन् ।

उनले विकास निर्माणका कार्यहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । जनताको अपेक्षा पूरा गर्नु हाम्रो पहिलो दायित्व हो,” उनले भने ।

निरीक्षण कार्यक्रममा महानगरपालिकाका प्राविधिक टोलीका सदस्यहरू तथा स्थानीय अगुवाहरूको समेत उपस्थिति रहेको थियो ।

Back to top