वीरगञ्ज । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ अवस्थित मधुवन मथवल क्षेत्रको कोइलाभर जङ्गल छेउमा आजदेखि ‘कोइलाभर जङ्गल रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
विगत केही महिलादेखि सञ्चालनको तयारीमा रहेको रिसोर्टको आज एक विशेष कार्यक्रमका बिच शुभारम्भ गर्न लागिएको हो । सञ्चालक सुशील पटेलका अनुसार, प्राकृतिक वातावरणमा शान्ति र आराम प्रदान गर्ने मुख्य उद्देश्यका साथ ‘कोइलाभर जङ्गल रिसोर्ट’ रिसोर्ट सुरु गरिएको छ ।
रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गर्दै फरक र अविस्मरणीय अनुभव दिने अपेक्षा राखेको छ ।
रिसोर्टले “जङ्गलको सपना जीवित हुन लागेको छ, सास फेर्न, आराम गर्न र अन्वेषण गर्न तयार हुनुहोस्” भन्ने नारालाई अघि सारेको छ । जङ्गलको नजिकै निर्माण गरिएको रिसोर्टमा शान्त वातावरणसँगै आधुनिक सुविधाहरू उपलब्ध छन् । यहाँ विभिन्न नेपाली तथा अन्तर्राष्ट्रिय स्वादका खानेकुरा परोसिने रेस्टुरेन्ट, आरामदायी आवास कोठा तथा प्रकृतिसँग नजिक रहने अवलोकनका लागि उपयुक्त स्थानहरू रहेका छन् ।
कोइलाभार क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको नजिक पर्ने भएकाले वन्यजन्तु तथा जैविक विविधताको सुरक्षित अवलोकनको सम्भावना पनि छ । रिसोर्टले प्रकृति संरक्षण र आधुनिक सुविधालाई सन्तुलित रूपमा जोड दिँदै सञ्चालन गर्ने योजना बनाएको सञ्चालकले पटेलले बताए । रिसोर्टले स्थानीय पर्यटन विकासमा नयाँ आयाम थप्ने उनको विश्वास छ ।
पर्यटन प्रेमीहरू, परिवारसहित घुम्न चाहनेहरू तथा सहरको भिडभाडबाट टाढा शान्त वातावरणमा समय बिताउन इच्छुक व्यक्तिहरूका लागि ‘कोइलाभर जङ्गल रिसोर्ट’ नयाँ गन्तव्य विशेष उपयोगी बन्न सक्छ । रिसोर्टले पर्सा जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा थप चम्किलो बनाउने अपेक्षा गरिएको छ ।