×

वीरगञ्ज । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । 

आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो कारोबार दिन (शुक्रवार, चैत ६) प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  ।

शुक्रवार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

Back to top