×

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा एमालेका सचिव योगेश भट्टराईसँग पर्सा जिल्लामा पार्टी संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।

छलफलमा एमाले केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, पर्सा क्षेत्र नं. ३ का युवा उम्मेदवार रुपेश पाण्डेय तथा राष्ट्रिय युवा संघ नेपाल पर्साका सचिव राकेश महतो लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै जनताको भरोसा जित्ने, युवालाई आकर्षित गर्ने, संगठनलाई जनमुखी बनाउने तथा पार्टी गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्ने विषयमा गम्भीर मन्थन गरिएको जनाइएको छ।

संगठन बलियो भए मात्र विचार बलियो हुने र त्यसले मात्रै परिवर्तन सम्भव हुने निष्कर्षसहित पर्सामा एमालेको उपस्थिति अझ सशक्त र प्रभावशाली बनाउने दिशामा अघि बढ्ने दृढ संकल्प व्यक्त गरिएको छ।

Back to top