×

वीरगञ्ज । सरकारले आउँदो वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो । राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भए पनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो ।

यो अवधिमा सरकारले ८ वटा अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो । नियमित प्रक्रियाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Back to top