×

वीरगञ्ज । पटेर्वा सुगौली गाउँपालिका–१को गदियानी टोलमा शनिबार राति भएको आगलागीबाट घर जलेर प्रभावित भएका तीन परिवारलाई विभिन्न व्यक्तिहरूको सहयोगमा राहत सामग्री वितरण गरिएको छ।

आगलागीमा मोस्तकीम मिया मन्सुरी, सैफुदीन मिया मन्सुरी र जैनोदिन मिया मन्सुरीको फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। घटनापछि पीडित परिवारलाई दैनिक उपभोग्य सामग्री तथा लत्ताकपडा सहयोग गरिएको हो।

सहयोगस्वरूप चामल, दाल, तेल, आलु, प्याज, चिनी, नुहाउने साबुन, कपडा धुने साबुन, सर्फ, नुन, झुल, तन्ना, डस्ना, ब्ल्याङ्केट, चप्पल, छाता र पाइन्टलगायत सामग्री प्रदान गरिएको जनाइएको छ।

पीडित परिवारलाई सहयोग गर्नेहरूमा लिल बहादुर थापा, रामेश्वर शाह, प्रदीप जयसवाल, समसाद आलम, दिलिप पटेल, सुजित दास, सन्दीप पटेल, रबि क्याल, आकाश काद्मिया, रोशन गुप्ता, साबिर हुसेन, शनि गुप्ता, युवराज पटेल, सुरेन्द्र सराफ, प्रदीप पटेल, महमुदिन आलम, शनि साह कानु, शत्रोधन साह र राजकुमार साहलगायत रहेका छन्।

स्थानीयवासीका अनुसार आगलागीबाट पीडित परिवारको सम्पूर्ण धनमाल नष्ट भएको थियो। सहयोगदाताहरूले मानवीय भावनासहित राहत सामग्री उपलब्ध गराउँदै पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

Back to top