वीरगञ्ज । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का विभिन्न निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यस्तै, भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री विक्रम तिमिल्सिना ले जानकारी दिए ।