×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले कालिकामाई गाउँपालिकाका चार वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ भने एक वडाको अधिवेशन स्थगित भएको छ।

पार्टीको केन्द्रीय कार्यतालिकाअनुसार शनिबार वडा नं. १, २, ४ र ५ मा अधिवेशन सम्पन्न भएको तथा वडा नं. ३ को अधिवेशन विवादका कारण स्थगित गरिएको जितेन्द्र मिश्र ले जानकारी दिए।

उनका अनुसार सम्पन्न अधिवेशनबाट वडा नं. १ मा लालबाबु राउत बरई, वडा नं. २ मा मनमोहन प्रसाद चौरसिया, वडा नं. ४ मा विकास कुशवाहा तथा वडा नं. ५ मा धनिलाल राउत कुर्मी को सभापतित्वमा तदर्थ समितिहरू सर्वसम्मत रूपमा गठन गरिएको छ।

रास्वपाले स्थानीय तहसम्म संगठन विस्तार तथा पार्टी गतिविधिलाई सशक्त बनाउन वडा अधिवेशनलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको जनाएको छ।

Back to top