×

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन जना मन्त्रीलाई बर्खास्त गरेर नेकपा एमालेका सांसद मोहम्मद समीरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समीरलाई मन्त्री नियुक्त गरेका हुन् ।

बर्खास्त गरिएकाहरूमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् ।

उनीहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए ।

यद्यपि राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले उनीहरूलाई बर्खास्त गरेर एमालेका समीरलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

Back to top