वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को केन्द्रीय समन्वय समितिको तीन दिवसीय बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा ललितपुरस्थित वालकुमारीमा सुरु भएको छ ।
बैठकमा विगतको निर्वाचन परिणामको समीक्षा, पार्टी समायोजन, वर्तमान राजनीतिक अवस्था तथा आगामी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टीका अनुसार बैठकले संगठन सुदृढीकरण र भावी राजनीतिक कार्यदिशाबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा जितेन्द्र सोनलसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।