×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित जीडी फार्मास्युटिकलका सञ्चालक घनश्याम चाचानको उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको छ ।

लामो समयदेखि वीरगञ्जमा मेडिकल व्यवसाय गर्दै आएका चाचान स्वास्थ्य समस्यापछि उपचारका लागि दिल्ली गएका थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

चाचान वीरगञ्जको औषधि व्यवसाय क्षेत्रमा परिचित व्यवसायीका रूपमा चिनिन्थे । उनको निधनप्रति व्यवसायी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् ।

Back to top