×

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का सांसद शुसिल कुमार कानुले वीरगञ्जस्थित नारायणी अस्पताल लाई मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

आज यात्रा डेलीसँग कुराकानी गर्दै सांसद कानुले स्वास्थ्यमन्त्री निशा महेतासँग यस विषयमा छलफल भएको जानकारी दिँदै नारायणी अस्पताललाई मधेस प्रदेश सरकारअन्तर्गत ल्याउने कुनै निर्णय नभएको बताएका हुन्।

उनले अस्पतालको सञ्चालन तथा व्यवस्थापन संघीय सरकारले नै गर्दै जाने बताए। पछिल्लो समय अस्पताल हस्तान्तरण सम्बन्धी विभिन्न चर्चा भइरहेका बेला सांसद कानुले त्यस्तो कुनै आधिकारिक निर्णय नभएको प्रष्ट पारेका छन्।

Back to top