×

वीरगञ्ज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जेठ १८ गते गरेको सरुवा निर्णयअनुसार एसएसपी कोइरालालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको हो ।

उनको स्थानमा नेपाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, नक्सालमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरलाई प्रदेश प्रहरी कार्यालय वीरगञ्जको प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार गृह मन्त्रालयको निर्णयबमोजिम देशभरका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ ।

नयाँ प्रमुखका रूपमा वीरगञ्ज आउन लागेका एसएसपी मगरले प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नेछन् भने एसएसपी कोइरालाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

Back to top