वीरगञ्ज । नेपाल अकेत्मी कराते संघको आयोजनामा सम्पन्न जिल्लास्तरीय अकेत्मी कराते प्रतियोगितामा आदर्श विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सहभागिता जनाएका छन्।
वि.सं. २०८३ असार २० गते वीरगञ्जस्थित अनमोल पार्टी प्यालेस मा आयोजित प्रतियोगितामा जिल्लाभरका १६० जना छात्र तथा छात्रा सहभागी भएका थिए।
प्रतियोगितामा आदर्श विद्यालय का विद्यार्थी अभिरञ्जन महतो, आरुही गुप्ता, मानिष्का रुम्बा तथा लक्ष्मीराज भण्डारी ले विद्यालयको प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक राम विनोद पाण्डेय ले सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास हुने विश्वास व्यक्त गरेका थिए।
नेपाल अकेत्मी कराते संघका राष्ट्रिय अध्यक्ष तथा प्रतियोगिताका मुख्य प्रशिक्षक राजकुमार महतोले यस्ता प्रतियोगिताले बालबालिकामा खेल भावना, आत्मरक्षा सीप र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
आयोजकका अनुसार जिल्लास्तरीय प्रतियोगिताले नयाँ खेलाडीहरूको प्रतिभा पहिचान गर्न र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।