वीरगञ्ज । नेपाली महिला क्रिकेट टोली १९ वर्षमुनिको एसीसी एसिया कपमा छनोट भएको छ ।
मलेसियामा आज भएको एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको क्वाटर फाइनलमा जापानलाई ९ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनोट भएको हो ।
जापानले दिएको ८९ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालकी सावित्री धामीले नटआउट ४१ रन बनाइन् । जापानकी ममता कासवानले १ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको जापानले २० ओभरमा सबै विकेट गुमाएर ८६ रन बनायो । जापानकी बियान्का शिनोले नटआउट ३८ रन बनाइन् । नेपालका कृष्मा गुरुङ र रिया शर्माले २/२ विकेट लिए ।
अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा इन्डोनेशिया र थाइल्यान्डबीच खेल हुनेछ । यी ४ वटै टोली एसिया कपमा छनोट भएका छन् ।