वीरगञ्ज। इनर ह्विल क्लब अफ वीरगञ्जले आफ्नो पहिलो संस्करणको स्मारिका (स्मृति–चिह्न) तथा मायाको चिनो विभिन्न सामाजिक, सञ्चार तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई हस्तान्तरण गरेको छ।
क्लबकी चार्टर्ड अध्यक्ष मञ्जुरी श्रेष्ठ र चार्टर्ड सचिव नीलम ब्याहुतले यात्रा डेली मिडियाका अध्यक्ष राम सर्राफ, नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगञ्जका अध्यक्ष चन्दन सिंह, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका रोबिन श्रेष्ठ तथा भारत सरकारको महावाणिज्य दूतावास (CGI) वीरगञ्जका कन्सुल जनरल देवी सहाय मीणालाई इनर ह्विल क्लब अफ वीरगञ्जको पहिलो संस्करणको स्मारिका तथा मायाको चिनो प्रदान गर्नुभएको हो।
क्लबका अनुसार स्मारिका हस्तान्तरण कार्यक्रममार्फत विभिन्न सामाजिक संस्था, सञ्चार क्षेत्र तथा कूटनीतिक निकायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको थियो।
कार्यक्रमका सहभागीहरूले सामाजिक सेवा, महिला सशक्तीकरण तथा समुदायको हितमा सञ्चालन हुने गतिविधिमा आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
इनर ह्विल क्लब अफ वीरगञ्जले आगामी दिनमा पनि समाजसेवा, महिला नेतृत्व विकास तथा सामुदायिक हितका विविध कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।