प्रभावकर तिमल्सिना
खेती गर्न बिउ छैन मल छैन ।
यो उर्बर खेतमा अचेल फल छैन ।
तिमी आज किन मौन छौ बोल न छोरी ।
तिम्रो गलामा ओढेर गाको सल छैन ।।
उसले मलाई बेस्सरी हप्काएर गयो ।
के गर्नु उसको जति मेरो बल छैन ।।
तिमीलाई बाडुल्कि कति लाग्ने गर्छ ?
मैले तिमीलाई नसम्झिएको पल छैन ।।