चुनावदेखि चुनाव सम्मको गोलचक्करमा देशको सिङ्गो राजनीति रूमलीएको छ ।
सत्ताकेन्द्रित राजनीतिक चिन्तनको उपज गठबन्धनले मार्क्सवाद लेनिनवाद,माओवाद देखि वी.पी.वादसम्मको सिद्धान्तलाई विसर्जन गरेको छ ।
यस्तो फोहोरी राजनीतिमा कोही समानुपातिक सूचिमा पर्ने, टिकट पाउने जित्ने हार्ने वा संसदीय अंकगणीतमा कसैको सरकार बन्ने त होला ।
तर, पाँच वर्षपछाडि फर्केर हेर्दा यथास्थितीमा फेरि देशले हारेको हामी पाउनेछौ ।
केवल देशले हार्ने राजनीतिकै लागि यत्रो ठूलो परिवर्तन गरी संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइएको त पक्कै होईन होला ।
समयमै चेत नभए नेपाली जनताले त्यसको पनि विकल्प खोज्नेछन ।
अति गर्नु अत्याचार नगर्नु भन्ने एउटा प्रचलित उखान छ। सबैलाई हेक्का रहोस ।
नेता उपाध्यायको फेसबुक स्ट्याटस।