×

फाइल तस्विर ।

वैशाख १० मा तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्य चुन्नका लागि उपनिर्वाचन हुँदैछ । बारा २, तनहुँ १ र चितवन २ उपनिर्वाचन हुनलागेको हो । तिनवटै क्षेत्रमध्ये बारा २ मा पनि देशभरकै चासो देखिएको छ । कारण यो क्षेत्र जितेर मधेशको राजनीतिक बर्चस्व कायम राख्ने कोशीशमा छन् जसपा र जनमत पार्टीका शीर्ष नेताहरु । बारा २ मा दलगत र स्वतन्त्र गरि ३६ जना उम्मेदवार भएपनि पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई हराएर मधेशमा आफ्नो वर्चस्व बनाउन चाहेका छन् जनमतका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउत । उनै सिके राउतसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश;

चुनावी प्रचार प्रसारको अन्तिम समयमा आईपुग्दा आफ्नो पक्षमा कस्तो माहौल पाइरहनु भएको छ ?

जनमत पार्टी प्रति बारा २ का जनतामा व्यापक जनहलर छ । यहाँका जनता र मतदाताले यसपालि परिवर्तन चाहेका छन् । त्योपनि यहिकै धर्तीपूत्रलाई जिताएर । किनकि यसअघि भएका चुनावमा यो क्षेत्र भन्दा बाहिरकाले जित्दै आएका थिए त्यो इतिहासलाई यसपालि जनताले तोडन् चाहेका छन् । विगत १५ वर्षदेखि आफ्नो क्षेत्र भन्दा बाहिरकाले जित्दा विकासमा पछाडि परेको यहाँका स्थानीयले महसुस गरिरहेका छन् । त्यसका कारणपनि जनमत पार्टीका उम्मेदवार शीवचन्द्र कुशवाहाको पक्षमा जनलहर बढेको छ ।

बारा २ मा जनमत पार्टीको निकटतम प्रतिस्पर्धीका रुपमा कसलाई देख्नुभएको छ ?

अहिलेसम्म त हाम्रो मूख्य प्रतिस्पर्धी जसपाका उम्मेदवार उपेन्द्र यादवलाई नै देख्छु । तर उहाँ हामी भन्दा धेरै पछाडि हुनुहुन्छ । बारा २ मा हाम्रो लक्ष्य भनेको सप्तरीको भन्दा पनि बढि मतान्तरले जित्ने छ । यसको आधार भनेको गत मंसिर ४ मा सप्तरी २ मा म आफै चुनाव लड्दा हाम्रो पार्टी भर्खर भर्खर बनेको थियो । तर अहिले हाम्रो संगठन सबैतिर विस्तार भइसकेको छ, त्यसका कारण बारा २ मा सप्तरीको भन्दा पनि बढि मतान्तरले हामी जित्नेमा ढुक्क छौ ।

जसपाको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आफै उम्मेदवार हुनुहुन्छ । त्यसमा पनि उहाँलाई पाँच दलीय गठबन्धनको सर्मथन छ । यस्तो अवस्थामा तपाईँले यादवलाई भारी मतान्तरले हराउछु भन्नु हास्यास्पद भएन र ?

सबै भन्दा पहिले त अहिले एकदुई दिन यता मिडियामा आएका सर्वेक्षणको रिपोर्ट हेर्नुस । एउटा मात्रै होइन धेरै सर्वेक्षणहरु मिडयामा आइसकेका छन् । त्यसले नै पुष्टि गर्छ कि उपेन्द्रजी भारी मतले हार्दै हुनुहुन्छ , हामी सहजै जित्दैछौं । अर्को कुरा अहिले जनमत पार्टीप्रति बढ्दै गएको जनलहर बाढि जस्तै हो । यो बाढीले आफूलाई ठूलो हस्ति भनाउँदाहरुलाई कहाँ बगाएर लग्छ थाहा हुन्न । जहासम्म गठबन्धनको कुरा छ त्यो त काठमाडौंमा बसेर ठूला नेताहरुले गरेका हुन्, जिल्ला, पालिका र वडास्तरमा कार्यकर्ताले गठनबन्धन गरेका होइनन् । तल्लो तहका कार्यकर्ताहरु दलका नेताहरुको दास पनि होइनन् । शीर्ष तहमा नेताहरुले पटकपटक चुनावी गठबन्धन गरेका कारण ग्रास रुटमा खटिएका उनका अधिकांश कार्यकर्ता र नेताहरु रुष्ट छन् आक्रोशित छन् । उनिहरुको मत पनि जनमतले नै पाइरहेको छ ।

बारा २ मा सिके राउतले उठाएको उम्मेदवार शीवचन्द्र कुशवाहा गलत परे, उनको छवि राम्रो छैन त्यसका कारण सिके राउत एक्लै जनताको घरदैलामा पुगेर उम्मेदवार आफू नै उम्मेदवार हुँ जस्तो गरेर मत मागिरहेका छन् । जनतालाई झुक्याइरहेका छन् भन्ने आरोप छ नि ?

यो आरोप आफैंमा हास्यास्पद र बेतुकको छ । किनकि मंसिर ४ को निर्वाचनमा माओवादी –कांग्रेस गठबन्धनले कुशवाहालाई नै उम्मेदवार बनाएको थियो । अनि हिजो गठबन्धनले उम्मेदवार बनाउँदा कुशवाहा राम्रो र असल हुने अनि अहिले जनमत पार्टीले तीनै कुशवाहालाई उम्मेदवार बनाउँदा चाहिँ गलत अनि नराम्रो हुने ? जनताको घरदैलो गएर सेवा गर्न सक्ने, दलितको सहारा बन्न सक्ने, जनताको सुखदु:खमा साथ दिनसक्ने लोकप्रिय छवि भएका कुशवाहालाई जनमतले उम्मेदवार बनाएको छ । उहाँ पहिलेदेखि नै जनताका माझ लोकप्रिय हुनुहुन्छ । जनताको घरदैलामा हामीसँगसँगै पुगेर मत मागिरहेका छौं ।

जसपा उम्मेदवार उपेन्द्र यादवले त आफनो प्रतिस्पर्धी नै कोहि छैन भनेर भन्दै हुनुहुन्छ त ?

मंसिर ४ को निर्वाचनमा उपेन्द्रजीले सप्तरी २ मा पनि यहि भन्नु हुन्थ्यो त । त्यहाँ तर नतीजा के कस्तो आयो ? सबैलाई जगजाहेर नै छ । त्यो समय बितिकको धेरैदिन त भएको छैन । सप्तरीमा उहाँ मसँग दोब्बर भन्दा बढि मतले लजास्पद हार हार्नुभयो । उपेन्द्रजी र उहाँका कार्यकर्ताहरु हतास भइसकेका छन् । त्यसका कारण यी सब कुतर्क गरिरहेका छन् ।

Back to top