×

नेतृत्वले सत्ताको दुरुपयोग गर्नु : सत्तालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने व्यक्तिवादी प्रवृत्ति नै आजको युवा राजनीतिक समस्याको जड हो । आन्दोलनमा लोकतन्त्रको कुरा गर्ने तर लोकतान्त्रिक अधिकारहरूको कार्यान्वयन गर्न पटक्कै नरुचाउने, सीमित स्वार्थ समूहको हितका लागि पार्टीको सबै संयन्त्र प्रयोग गर्न उद्यत हुने प्रवृत्तिबाट नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेकाले आज युवाहरूको राजनीतिक सङ्कट रूपमा स्थापित भएको हो । 

सत्ता पार्टी र कार्यकर्ताको सेवा, विकास र समृद्धिका लागि हो । सत्ताको नेतृत्वलाई पार्टीलाई समुन्नतिको यात्रामा हिँडाउने दायित्व हुन्छ । तर, यो कुरालाई बेवास्ता गर्दै केवल आफ्नो निहित स्वार्थमा सत्ताको दुरुपयोग गर्ने र विरोधी मतलाई समाप्त पार्ने खालको मानसिकताबाट ग्रसित भएको व्यक्तिका कारण आजको सङ्कट जटिल मोडमा पुगेको छ । लोकतान्त्रिक आचरण विपरीत आफ्नो नितान्त व्यक्तिगत मतभन्दा फरक मत राख्ने विरुद्ध सत्ताको दुरुपयोग गर्ने मात्र होइन, आफ्नो स्वार्थविरुद्ध अभिमत दिने आफ्नै राजनीतिक दलका बहुमत समूहविरुद्ध जुनसुकै हदको कुकर्म गर्न बाँकी नराख्ने प्रवृत्तिले आजको सङ्कट युवाको माथि निम्त्याएको हो । र, यी सबै व्यक्तिगत स्वार्थ प्रेरित प्रवृत्तिको परिणामस्वरूप आफ्नै दलमा दरार र अन्तर द्वन्द्व बढ्दै गएको छ ।

पार्टीका साथीहरूको अभिमतलाई अवमूल्यन गर्दै एकपछि अर्को विधान विरोधी हरकतहरू भइरहनु, व्यक्तिगत स्वार्थ सिद्ध गर्न अरू कुनै शक्तिको स्वार्थमा पार्टीको  हितविरुद्धमा सत्तालाई सञ्चालन गर्ने मानसिकता बोकेर नयाँ योग्य कार्यकर्ताको बरबादी भएको देखिन्छ । जसको जल्दो बल्दो उदाहरण नयाँ स्वतन्त्र उम्मेदवारी र जनताको पार्टी नीति विपरीत जनताको मत आँखा सामु छ ।

एउटै पार्टीमा पनि भोटलाई किनेर, पार्टीमा  भ्रम छरेर सत्तामा आउन पाउने खालको गलत प्रवृत्ति हामीकहाँ आइनै रहेको छ । पार्टीले आफ्नो नीति तथा कार्यक्रम अनुसार प्राथमिकताहरू बोकेका छ र ती प्राथमिकता कार्यकर्ताको हितभन्दा बाहिर पनि छैन । तर, ती सबै प्राथमिकतालाई लत्त्याएर केवल आफ्नो सत्ता स्वार्थ कायम गर्न समग्र संरचनालाई समाप्त पार्ने सत्ता लिप्साले कार्यकर्ता र समग्र पार्टीलाई कमजोर पार्दै युवा पुस्ताको राजनीतिक मा फूल-स्टप नै पारेको जस्तो छ ।

राजनीतिलाई पैसा कमाउने व्यापार सम्झेर राजनीतिक व्यापारीहरूअनुरूप  हातमा शासनको बागडोर गएपछि प्रतिस्पर्धा र कुशलताका लागि खडा गरिएका नियमन एकाइ पनि राजनीतिक व्यापारीहरूको ‘क्याप्चर’ मा पर्न जानु स्वाभाविक हुन आउँछ । यही कारण विभिन्न निकाय समितिहरूको जस्ताका नियम र उद्देश्य लाई मात्र नभई संस्थालाई आफ्नो इशारामा चलाउने गरी नियुक्त गर्नु राजनीतिकमा व्यापारीहरूको प्रयास रहन्छ । अर्थात् नियमन गर्ने निकायहरू नै ‘क्याप्चर’ गरेपछि प्रजातन्त्रका नाममा राजनीतिलाई पैसा कमाउन सम्झने झुन्डको शासक वर्गले उद्देश्यमा पूर्णता पाउन सकेको देखिँदैन ।

उदाहरणको रूपमा लिएका : (नेपाली काङ्ग्रेस पर्सा) :

विगतमा अनेक वादविवादका कारण पार्टीको शीर्ष नेताको भागबन्डामा नयाँ पुस्ता र युवा आँटाउन नसिएता पनि हाल नयाँ सता सम्हालेका जिल्ल नेतृत्वले युवा पुस्तालाई समावेशी गरिएको देख्दा युवामा भरोसाको किरण उदाएको छ । एक सबल नेतृत्वका रूपमा पर्सामा सत्ता सम्हालेका हालका नेतृत्वले समग्र केन्द्रीय पार्टीमा नभए पनि जिल्लामा सुधार देखिन्छ । पीडित अन्तर्द्वन्द्वको दलदलमा राजनीतिक भविष्य डुबेका युवा वर्गको मूल्याङ्कनलाई प्राथमिकता दिएको देखिन्छ ।

उदाहरणको रूपमा हेर्दा (नेपाली काङ्ग्रेस पार्टीको सन्दर्भमा) :

हाल नेपाली काङ्ग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति विस्तारमा पर्साबाट जिल्लामा स्थापित बहुप्रतिभाशाली विभिन्न माध्यम मार्फत पार्टी कार्यकर्ता र जनताको माझमा सधैँ लोकप्रियता कमाएका युवा, २५ वर्षको लामो अवधि पश्चात् ४० वर्षको उमेरमा आज आधिकारिक पार्टीको प्लेटफर्म पाउँदा युवाहरूको राजनीतिक प्रतिको रुचाइ र मनोबल बढेको देखिन्छ ।

पार्टीले एक योग्य, सक्षम, अनुभवी, युवा पुस्ताको राजनीतिक मार्गदर्शक लामो समय राजनीतिक द्वन्द्वमा रमाएर बिताएका युवा नेता राकेश यादवलाई पहिलो पटक पार्टीगत राजनीतिक प्लेटफर्म पाएकोमा अनन्त: उत्तर प्रगतिको सहित सफल कार्यकालको हार्दिक सम्मान जनक शुभकामना व्यक्त गर्दछु । साथै पर्सामा पार्टीले नयाँ ऊर्जावान् र नीति तथ्य अनुरूप सत्ता सञ्चालनले नेपाली काङ्ग्रेसले युवा सहमत नयाँ आयाम र दिशाको पाएको छ ।

(लेखक नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ पर्साका जिल्ला अध्यक्ष हुन् । उनि शैक्षिक योग्यताअनुसार इनिजिनियर पनि हुन् ।)

Back to top