×

वीरगञ्ज । पर्सा जिल्लाको पोखरियामा शीतलहरका कारण प्रभावित विपन्न स्थानीयलाई श्री जङ्ग गण श्रीपुरले बिहीबार कम्बल वितरण गरेको छ ।

विपद् व्यवस्थापन समिति पर्साको निर्णयअनुसार पोखरिया नगरपालिकाका – ४ र ७ मा गरी कुल दुई सय थान कम्बल वितरण गरिएको हो ।

वडा नम्बर ७ स्थित गोविन्दपुरमा १३५ थान र वडा नम्बर ४ को पोखरियामा ६५ थान कम्बल वितरण गरिएको श्री जङ्ग गणले जनाएको छ ।

कार्यक्रममा श्री जङ्ग गणका सेनानी देवबहादुर बोहरा, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानू, परमानन्द कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

पहलले शीतलहरको चपेटामा परेका स्थानीयलाई राहत मिल्ने अपेक्षा गरिएको छ । विपन्न परिवारहरूको जीवनस्तर सुधार गर्न यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयले बताएका छन् ।

Back to top