वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।
ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलिबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले ६० वटा, करिब १५० किलोग्राम प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको हो।
जीराभवानी गाउँपालिका वडा नम्बर–१ महादेवपट्टीस्थित ओरिया खोलाको बाटो हुँदै भारतबाट अवैध रूपमा ल्याइँदै गरेको अवस्थामा उक्त कुखुरा बरामद गरिएको हो।
बरामद कुखुरालाई प्रहरी चौकी महादेवपट्टीमा स्थानीय जनप्रतिनिधि र पशु क्वारेन्टाइनका प्रतिनिधिहरुको उपस्थितिमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलिका निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
यो कारवाहीले अवैध व्यापार रोक्नका लागि प्रहरीले सक्रियता बढाएको संकेत दिएको छ।