×

वीरगञ्ज ।  पर्सा जिल्लाको पटेर्वासुगौलीमा प्रहरीले सात कट्ठा अवैध गाँजा फडानी गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाउँपालिकाको वडा नं २ बेलवा र वडा नं ४ भथौडामा अवैध रूपमा खेती गरिएको गाँजा फडानी गरेको हो।

प्रहरी निरीक्षक थापाका अनुसार, गाँजा खेतीमाथि रोक लगाउन र गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडाइ गर्न प्रहरीको पहल जारी छ। फडानी गरिएको गाँजा पूर्ण रूपमा नष्ट गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय क्षेत्रमा गाँजा खेती गर्ने प्रवृत्तिलाई रोक्न नियमित रूपमा निगरानी र कानूनी कारबाहीलाई प्राथमिकता दिइने जनाइएको छ। यस प्रकारका अवैध गतिविधिहरू नियन्त्रण गर्न स्थानीयवासीले समेत सहयोग गर्नुपर्ने प्रहरीको आग्रह छ।

Back to top