सर्लाही। सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र उपमेयर लिला कुमारी मोक्तानलाई झुटा वन मुद्दामा फसाउन खोजिएको आरोप लगाउँदै नेकपा (माओवादी केन्द्र) सर्लाहीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
मङ्गलबार लालबन्दी नगरपालिका स्थित नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा वन विभागले डिभिजन वन कार्यालयमार्फत झुटा मुद्दा दर्ता गर्ने तयारी गरेको आरोप लगाए।
उनले मेयर थापा, उपमेयर मोक्तान, र अन्य कर्मचारीहरूमाथि वन नभएका स्थानमा वन क्षति गरेको र सुकुम्बासी बस्ती राखेको आरोप लगाएर मुद्दा दर्ता गर्ने तयारी गरिएकोप्रति आपत्ति जनाए।
पत्रकार सम्मेलनअघि माओवादी केन्द्रको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाही, सागरनाथ वन विकास परियोजना, र डिभिजन वन कार्यालय सर्लाहीमा पुगी ज्ञापनपत्र बुझाएको छ।
पाँच दिनभित्र माग पूरा गर्न आग्रह गर्दै चार बुँदे ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्रमा निम्न मागहरू राखिएका छन्:
पार्टीले पाँच दिनभित्र माग पूरा नभए माघ १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
पार्टीका स्थायी कमिटी सदस्य प्रल्हाद बुढाथोकीले राजनीतिक प्रतिशोधपूर्ण षड्यन्त्रविरुद्ध राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले शान्तिपूर्ण आन्दोलनका क्रममा हुन सक्ने दुर्घटनाको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिए।
पार्टीका हरिवन नगर अध्यक्ष अर्जुन पन्तले नगरको चौतर्फी विकासका लागि अग्रसर जनप्रतिनिधिलाई प्रोत्साहित गर्नुको सट्टा मुद्दामा फसाउने प्रयास गैरन्यायिक कार्य भएको बताए।