×

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा एक जना पुरुषको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै भारतीय पुरुषको शव शङ्कास्पद अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जित लामाका अनुसार, मृतकको पहिचान भारतको पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा भएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको इन्स्पेक्टर लामाले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top