×

वीरगञ्ज । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

आइतबार प्रतितोला तीन हजार पाँच सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला तीन हजार सात सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ जनाएको छ । आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ ।

आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस पाँच हजार ९८ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Back to top