×

वीरगञ्ज १० असोज । जनाधार नभएका तथा आगामी निर्वाचनमा टिकट नपाउने निश्चित भएपछि अहिले पर्सामा दल बदलुहरुको लहर चलेको छ । 

पूर्व सांसद, प्रदेश सभासदस्य, मन्त्री समेत भएका केही व्यक्तिहरु आफ्नो जनाधार गुमेपछि पार्टीमा पनि कुनै हैसियत नहुँदा अहिले पार्टीले समेत उनिहरुलाई टिकट नदिने निश्चित भएपछि धमाधम दल त्याग गर्ने क्रम पर्सामा तिव्र रुपमा चलेको छ । 

विशेष गरी जनता समाजवादी पार्टी परित्याग गरी एमाले तथा माओवादीमा प्रवेश गर्नेहरुको पर्सामा लहर नै आएको छ ।

स्थानिय तहको निर्वाचन देखि पर्सामा दल त्याग गरि अन्य पार्टीमा जानेहरुको लहर चलेको हो । 

विशेष गरी वीरगञ्ज महानगरपालिकाका तत्कालिन नगर प्रमुख विजय सरावगी जसपा परित्याग गरी एमालेमा प्रवेश गरेर पुनः महानगरपालिकाको नगर प्रमुख पदमा चुनाव लडदा सरावगीले नराम्रो पराजय व्यहोर्नु परेको थियो । 

दल त्याग गरी अन्य पार्टीमा जादैमा जनताले पत्याउने अवस्था नरहेको पुष्टि सरावगीको एमाले प्रवेश र स्थानिय तहको निर्वाचनमा भोग्नु परेको पराजयले देखाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको आगामी मंसिर ४ गते हुन गई रहेको निर्वाचनमा पार्टीले टिकट नदिने भएपछि अस्थिर राजनीति गर्दै आएका केही व्यक्तिहरु अहिले दल त्याग गर्ने होडबाजीमा जुटेका छन । 

हिजो पार्टीले टिकट दिई सांसद, मन्त्री र प्रदेश सभा सदस्य बनेकाहरु अहिले टिकट नपाउने निश्चित भएपछि धमाधम दल त्याग गरेका छन । 

स्थानिय तहमा जालिम मियाँ, शिव पटेल लगायतको पराजयले पनि यहि कुरालाई पुष्टि गरेको छ ।

अहिले प्रदेश सभा सदस्य प्रहलाद गिरी, मन्जुर अन्सारीको पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन । 

आगामी निर्वाचनमा दलिय स्वार्थ भन्दा माथि उठेर युवा, इमान्दार र नैतिकवान जनप्रतिनिधिलाई राजेर दल दलबदलुको राजनीति ठेगान गाउनु पर्ने राजनीतिक विश्लेषकहरुले बताएका छन । उनिहरुलाई जनतालाई राम्रोसँग पहिचान गरेको हुँदा आगामी निर्वाचनमा दलबदलुहरुलाई जनताले ठेगान लगाउने भएका छन । 

Back to top