वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मधेस प्रदेशका पुर्व मुख्यमन्त्री सराेज यादवलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने भएको छ ।
सङ्घका पदाधिकारीहरूका अनुसार पुर्व मुख्यमन्त्री यादवलाई एक कार्यक्रमका लागि निमन्त्रणा गर्न खोज्दा उनले समय दिन अस्वीकार गरेपछि सङ्घले उनलाई बहिष्कार गर्ने अनाधिकारिक निर्णय गरेको हो ।
सङ्घले मुख्यमन्त्री यादवलाई कार्यक्रमका लागि समय दिन आग्रह गर्दा उनले “पहिले मसँग सल्लाह गरेर मात्रै समय निर्धारण गर्नुहोला,” भन्ने जवाफ दिएको सङ्घका पदाधिकारीहरूले खुलासा गरेका छन् ।
पूर्व मुख्यमन्त्री यादवको यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सङ्घले आगामी कुनै पनि कार्यक्रमका लागि उनलाई नबोलाउने अडान लिएको हो ।
सङ्घका एक पदाधिकारीले यात्रा डेलीसँग कुरा गर्दै भने, “पूर्व मुख्यमन्त्रीको व्यवहारले सङ्घलाई उपेक्षित गरेको महसुस भएको छ । अब सङ्घका कार्यक्रमहरूमा उनलाई आमन्त्रण गरिने छैन ।”