×

वीरगञ्ज २२ कत्तिक । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ कोईलाभार मन्दिरको प्राङ्गणमा नेपाल कम्युनिष्ट पार्टी सखुवा प्रसौनी गाउँपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित बक्ताहरुले कोरोनाभाइरस संक्रमणको त्रास घटेपनि संक्रमणको खतरा अहीलेपनि रहिरहेकोले सतर्क रहेर भौतिक दुरीलगायत विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पर्वहरु मनाउन आग्रह गरेका थिए । 

वक्ताहरुले हरेक वर्षझैँ यस वर्षको पर्वहरु कोरोनाभाइरसका कारण फितलो भएपनि आफ्नो परिवारका सदस्यसँग सुरक्षित रहेर मनाउन र अर्को वर्षदेखि पुन: हर्षोल्लास साथ् मनाउन बताएका थिए ।

ईकाई कमिटीका संयोजक बासुदेव महतोको प्रमुुख अतिथियमा शुभकामना कार्यक्रममा युवा नेता जसवन्त यादव, हरेन्द्र चौधरी, अनिरुध पटेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

युवानेता यसवन्त यादवले समाजिक दुरी कायम गरि सबैले पर्बको माया ममता बाडने सदभाव कायम हुने चलन भएकोले सबैले राम्रो तरिकाले पर्व मनाउन आग्रह गरेका थिए । 

कार्यक्रममा वडा नम्बर १ देखि ६ सम्मको पार्टी अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नकेपा पार्टीका कार्यकर्ता स्वर्गीय मुकेश चौरसीया प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै दोसीलाई करवाहीको माग समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा नम्बर १ का वडा सदस्य पारस महतोले गरेका थिए ।

Back to top