×

डर होइन,
साहसले बोल्ने नेता,
हक–अधिकार दिलाउने, 
अन्यायसँग लड्ने राजनेता।
आऊ, हामी खोजौँ 
जनताको आवाज बनेको नेता ।

नारा होइन, 
कर्म बोल्ने नेता,
अन्याय देख्दा मौन होइन, 
साहसले लड्ने नेता।
आऊ, हामी खोजौँ 
जनताको आवाज बनेको नेता ।।

शब्द होइन, 
संकल्प बलियो चाहिने नेता,
स्वार्थ होइन, 
राष्ट्र पहिलो राख्ने नेता।
आऊ, हामी खोजौँ 
जनताको आवाज बनेको नेता ।।

अनुहार होइन, कुर्सी होइन, 
कर्तव्यमा बस्ने नेता।
शब्द होइन,आफ्नो होइन,
कामले चिनिने नेता ।
आऊ, हामी खोजौँ 
जनताको आवाज बनेको नेता ।।

रचनाकार:दिपक सर्राफ 

Back to top