याे झरेको आँसु मेरो
समस्या होइन - देशको पीडा हो,
हावामा उडेको चीत्कार जस्तो
जनताको मौन चिरा हो।
कथा झै बनेको थियो हिजो,
आशा भित्रिएको प्रथा हो,
तर आज फेरिएको अनुहारमा
लुकेको भेद रङ्ग देखाउने चमत्कारी ऐना हो।
सपना सजाउने हातहरू नै
बाँधेर राखेका थिए
देशको बदलिँदो चित्रले कोरिएको नाउँ हो,
देशलाई कति पिर परेको होला
आमालाई दुखेको अदृश्य घाउ हो।
बाँधेर राखेका ती आशाका पखेटा,
उड्न नपाएको एउटा ठुलो चिच्याहट हो,
नयाँ अनुहारले पुराना पीडा लुकाउँदा
विश्वास आफैं जगाइरहेको पृष्ठ ठाउँ हो।
नेपाल पुलिस को नाताले आज
यो आँसु कर्तव्यको प्रतिबिम्ब हो,
अन्यायको अँध्यारो चिर्ने
हिम्मत र सत्यको उज्यालो दीप हो।
जहाँ पीडा छ, त्यहाँ हामी छौं,
जहाँ आँसु छ, त्यहाँ सहारा हो,
यो झरेको आँसु देखिएको अनौठो संस्कार,
न्याय र शान्ति दिलाउने सुनौलो किनारा हो।
रचनाकार : दिपक सर्राफ